दार्चुला - दार्चुला जिल्लामा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलासहित अन्य सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीका अनुसार ३३ केभी प्रसारण लाइन अन्तर्गत घण्टेश्वरमा तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनु भयो । गएराति सवा ११ बजेदेखि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ ।
अवरुद्ध...