हेटौंडा : शुक्रबार मकवानपुर जिल्ला फुटबल संघले स्थानीय तह शहीद स्मृति गोल्डकपमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्यो।गोल्डकप भएको ६ महिनापछि संघले गोल्डकपमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो। संघले सार्वजनिक गरेको खर्च विवरणमा सात लाख ३६ हजार रुपैयाँ प्याराफिटको भाडा, मर्मत र जडानमा नै खर्च भएको उल्लेख छ।त्यस्तैगरी, खेल मैदान र स्टेज बनाउन पाँच लाख २९ हजार सातसय रुपैयाँ खर्च भएको देखाएको छ। ८१ लाख ३७ हजार ५ सय ९२ रुपैयाँ गोल्डकपमा संकलन भएकोमा ६९ लाख ७७ हजार नौ सय २६