चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्याउने गर्दछन् ।बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको ब
मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् । सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा […]
चिसो बढेसँगै धौलागिरी,नीलगिरी र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लिदैछ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडा तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् ।
हिमाली चरनक्षेत्रमा पाइने जडीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत तल बेंसीहरु झर्न थालेका हुन ।
म्याग्दीको खोप्रालेक लगायतका लेकाली क्षेत्रहरुमा करिब दुईदर्जन भेडापालक किसानहरुले सात हजार भन्दा बढी भेडाहरु पालेका छन् । भेडापालनबाट किसानले लोभलाग्दो आम्दानी गरेका छन् । वार्षिक रुपमा १० देखि ३० लाख रुपियाँ सम्म आम्दानी हुने किसानहरु बताउँछन् ।