चिसो बढेसँगै धौलागिरी,नीलगिरी र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लिदैछ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडा तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् ।
हिमाली चरनक्षेत्रमा पाइने जडीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत तल बेंसीहरु झर्न थालेका हुन ।
म्याग्दीको खोप्रालेक लगायतका लेकाली क्षेत्रहरुमा करिब दुईदर्जन भेडापालक किसानहरुले सात हजार भन्दा बढी भेडाहरु पालेका छन् । भेडापालनबाट किसानले लोभलाग्दो आम्दानी गरेका छन् । वार्षिक रुपमा १० देखि ३० लाख रुपियाँ सम्म आम्दानी हुने किसानहरु बताउँछन् ।