काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले आजदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । सुन्धारामा रहेको महानगरको कार्यालय काठमाण्डौ प्लाजामा सारिएको छ ।
प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईलगायतका कार्यालय नयाँ भवनमा सारिएको छ । अहिले १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।
महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने...