रुस र युक्रेनबीचको युद्ध नयाँ चरणमा पुगेको छ । अहिले रुसी सेना युक्रेनको पूर्वी भागमा तीव्र गतिमा अगाडि बढ्न थालेको छ । यसलाई रोक्न युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीले युरोपप्रति हेरेका छन् । भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको रणनीतिक रुपमा महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई सम्पूर्ण कब्जा गर्ने चरणमा पुगेको छ । रुसी सेनाको अग्रतामाझ युक्रेनी सेनासँग हतियार र अन्य सैन्य उपकरणको अभाव देखिएको छ । यसैले जेलेन्स्कीले युरोपेली देशहरुलाई सहयोगको अपिल गरेका छन् ।अझै वार्ताको पर्खाइमा&l