पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको युक्रेनको दाबी

युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइ भएको छ । रुसी सेनाले युक्रेनमाथि आक्रमणको सुरुवातमा डेनिप्रोको दक्षिणी सहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो । यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्त्वपूर्ण मानिएका थिए । युक्रेनले पुल भत्काइदिएपछि रूसी सेना खेरसनमा फसेका युक्रेनले दाबी गरेको एएफपीले जना...