राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६ औं मिनेटमा खुमलटारका रमेश थाप