काठमाडौं, ४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । […]