बाल्यकालमा चाहिँ कहिले दसैँ आउँछ । कहिले नयाँ लुगा लगाउन पाइन्छ भन्ने भइरहन्थ्यो । नयाँ लुगा, नयाँ नोट पाउँदाको खुसी नै छुट्टै हुन्थ्यो । तर, अहिले चाहिँ बाल्यकालको जस्तो उत्साह नहुँदो रहेछ । सायद जिम्मेवारीले थिचेर पो हो कि ! त्यो बेला दसैँमा मामाघर जान मन लाग्ने । टीका लगाएर पैसा दिँदा खुसी भइने हुन्थ्यो ।