सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताउनुभएको छ। उहाँले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताउनुभएको हो।
शनिबार काठमाडौंमा आयोजित विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो। अर्थतन्त्र धराशायी भएको हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको उहाँको भनाइ छ।
‘बजार हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन। अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन। नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन।’