वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ ।दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२÷६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्यो कि चुनावी सरकार बनाउन भन्दै सबैलाई मान्य हुने साझा व्यक्ति खोज्नुपर्यो । सबैलाई मान्य हुने व्यक्तिलाई