नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्याङ्क स्थापना गरिएको छ । प्रतिष्ठानमा स्थापना भएको २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क स्थापनासँगै बुधबारबाट सञ्चालनमा ल्याइएको छ ।ट्याङ्क स्थापना गरिए सँगै अब मुख्य अक्सिजन प्लान्ट बिग्रँदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउँदा लिक्विड अक्सिजन ट्याङ्कबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरूमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलले जान