युक्रेन नजान र त्यहाँबाट तत्काल स्वदेश फर्कन आग्रह

सरकारले कोही पनि नेपालीलाई युक्रेन भ्रमण नगर्न सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयले पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेन भ्रमण नगर्न आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ। मन्त्रालयले अति आवश्यक परी युक्रेनमै रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक …

सम्बन्धित सामग्री

युक्रेन भ्रमणमा नजान अनुरोध

युक्रेन । परराष्ट्र मन्त्रालयले अत्यावश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । युक्रेनमा रहेका नेपाली नागरिकले अत्यावश्यक परेर त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले बुधवार सूचनामार्फत आग्रह गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले बताएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास मस्को र बर्लिनमा सम्पर्क गर्न सक्ने बताइएको छ । रासस

अति आवश्यक नपरी युक्रेन नजान सरकारको आग्रह, त्यहाँ भएकाहरूलाई फर्कन अनुरोध

परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन नजान आग्रह गरेको छ । साथै त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्कन पनि मन्त्रालयले अनुरोध गरेको छ

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि […] The post युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनमा रहेकालाई नेपालीलाई नेपाल फर्कन सरकारको आग्रह, घुम्न पनि नजान अनुरोध

सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीं रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन अनुरोध गरेको हो। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका अनुसार युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल छन्। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।नेपाली राजदूतावास, बर्लिनतृतीय सचिव सहारा चौलागाईं सम्पर्क नं. +491709808063, Email: eonberlin@mofa.gov.npसहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः शुशिल घिमिरे, कार्यवाहक राजदूत सम्पर्क नं. +79680702815, Email: eonmoscow@mofa.gov.npरुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएसंगै त्यस क्षेत्रमा संकट बढेको हो । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई रुसले स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको हो । यी रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। हाल रहेको द्वन्द्व युद्दमा परिणत हुने भन्दै धेरै देशले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन् ।