युक्रेन भ्रमणमा नजान अनुरोध

युक्रेन । परराष्ट्र मन्त्रालयले अत्यावश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । युक्रेनमा रहेका नेपाली नागरिकले अत्यावश्यक परेर त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले बुधवार सूचनामार्फत आग्रह गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले बताएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास मस्को र बर्लिनमा सम्पर्क गर्न सक्ने बताइएको छ । रासस