सुजुकीले भारतमा बनाउने ईभी निर्यात गर्ने, अहिले ब्याट्री निर्यात सुरु

काठमाडौं । जापानी ब्राण्ड सुजुकीले भारतीय बजारमा उत्पादन गर्ने विद्युतीय कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने घोषणा गरेको छ । केही दिनअघि मात्रै भारतमा कम्पनीको पहिलो इलेक्ट्रीक एसयूभी मोडल ईभीएक्स परिक्षणमा देखिएको थियो । भारत सुजुकीको सबैभन्दा ठूलो उत्पादन प्लान्ट, नेटवर्क र बजार हो । त्यसैले कम्पनीले आफ्नो पहिलो ईभी भारतमा नै उत्पादन गर्न लागेको हो […]

सम्बन्धित सामग्री

भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ । भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । ख...

निर्यात प्रवद्र्धनमा चुकेका अवसर

नेपालले आफ्नो निर्यात बढाउन नसकेको अहिले मात्र होइन, निर्यात व्यापार नेपालको लागि कहिल्यै पनि सन्तोषजनक पनि रहेन । सबै राजनीतिक दल तथा सरकारहरूले आन्तरिक उत्पादन बढाउने वाचा अघिल्लो चुनावमा पनि गरेथे, यसपटक पनि दोहोर्‍याएका छन् । त्यसअघिका सरकार तथा राजनीतिक दलहरूले पनि आन्तरिक उत्पादन बढाउने वाचा पटक–पटक गरेकै हुन् । तर, कसैले पनि गम्भीरतापूर्वक निर्यात […]

मकवानपुरबाट हुने निर्यात अर्बबाट घटेर करोडमा सीमित

हेटौंडा : मकवानपुर नेपालको पूर्व पश्चिम जोड्ने जिल्ला हो। छिमेकी जिल्ला भारतको सीमा नजिकै रहेको मकवानपुरमा नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र पनि छ।जिल्लाको उत्तरी क्षेत्र कृषिजन्य उत्पादनले भरिपूर्ण छ। तैपनि पछिल्लो समय मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार वर्षेनि घट्न थालेको छ। दुई दशक अघिसम्म वार्षिक करिब अर्ब रुपैयाँको निर्यात हुने गरेकामा अहिले केही करोडमा मात्र सीमित हुन थालेको हो।बागमती प्रदेशको राजधानीसमेत पाएको मकवानपुरबाट हुने गरेको निर

नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं, बैशाख २६ । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ । परिमाण कम भए पनि नेपाली जुत्ताले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्वदेशी जुत्ता उत्पादकहरू उत्साहित छन् । सरकारको सहयोग र साथ पाए परिमाणका साथै […]

नेपालबाट चीनमा घाँस पनि निर्यात हुने

१२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ । यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस […]

अर्थोडक्स चियाको निर्यात लागत तेब्बर बढ्यो

झापा-कोभिड–१९ भाइरसको महामारीका कारण अर्थोडक्स चियाको निर्यात लागत तीन गुणाले बढेको छ । महामारीयता विदेशी ढुवानी कम्पनीले अस्वाभाविक रूपमा मूल्य बढाउँदा निर्यात लागत तेब्बरले बढेको हो ।झापाको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा. एकनारायण चापागाईंका अनुसार महामारीअघि १५ हजार किलो चिया रसिया निर्यात गर्दा पाँच हजार डलर खर्च हुन्थ्यो । “अहिले सोही परिमाणको चिया निर्यातमा […]

भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने

२० जेठ, काठमाडौं । भारतले तत्काल कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात नगर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्द अरिन्दम वाग्चीले तत्काल भारतले कोरोना खोप निर्यात नगर्ने जानकारी दिएका हुन् । नेपाल, बंगलादेश लगायतका मुलुकले खोपका लागि निरन्तर ताकेता गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले अहिले भारतको ध्यान विदेशबाट भारत […]

भारतले कोरोना भ्याक्सिन निर्यात रोक्यो

भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ। अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो। विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो। भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ। त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्य