चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार मङ्सिर मसान्तसम्मको यो आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को […]
गोरखामा दुई वटा ठूला जलविद्युत् आयोजना बूढीगण्डकी ‘क’ र बूढीगण्डकी ‘ख’ निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। क्रमशः १०३ दशमलव ४ मेगावाट र २२६ मेगावाट क्षमताका यी आयोजनाको प्रवर्द्धन नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले गर्न लागेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले जानकारी दिएका छन्। इञ्जिनियर मगरका अनुसार बूढीगण्डकी ‘क’ आयोजना निर्माणका लागि करिब ३१ अर्ब […]
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गर्दै ब्रान्ड प्रवर्द्धन र डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘टप अप गरौँ, बोनस पाऔँ’ अभियान सञ्चालन गरेको छ ।
काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ। देशका तराई भूभागमा […]
एजेन्सी - क्रिसमसअघि भएको प्रिमियर लिगको अन्तिम खेलमा सोमवार फुलहमले नटिङ्घम फरेस्टलाई १-० ले हराएको छ। पहिलो हाफको इन्जुरी समयमा राउल जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई जित दिलाए। डगलस लुइजले बक्सभित्र केभिनलाई फाउल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो। खेलभर दुवै टोलीले धेरै अवसर बनाउन सकेनन्। फरेस्टका इगोर जेससले सुरुआती मिनेटमै मौका गुमाए भने दोस्रो हाफमा