काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् ।