गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं / बालुवाटारमा बसेको नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । The post गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमाले संसदीय दल बैठक : महाअभियोगको समीक्षा मात्र, औपचारिक निर्णय भएन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्तारुढ दलले गरेको महाअभियोग प्रस्तावबाट आक्रोशित बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक ठोस औपचारिक निर्णयबिना सकिएको छ । हिजो (आइतबार) साँझ मात्रै एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । सचिवालयको बैठक गरेको नीतिगत निर्णयका आधारमा संसदीय दलको बैठकले ठोस निर्णय गर्ने […]

‘गैरबजेटरी योजना भ्रष्टाचारको सुरुवात’

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वी सुब्बा गुरुङले यसरी वितरण गरिएको गैरबजेटरी बजेट पार्टीको निर्देशनमा वितरण भएको आरोप लगाए। ‘पार्टीको जिल्ला सभापतिहरूको सिफारिसमा रकम बाँडिएको छ, यो गैरबजेटरी योज...

खनाल-नेपाल पक्षका तीन सांसद निलम्बित

काठमाडौँ । कर्णाली प्रदेशसभाका तीन सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलङ्घन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (नेपाल-खनाल समूह)का चार जना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरूले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास […]

एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

कर्णाली। नेकपा(एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आज बसेको दलको बैठकले पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो। उनीहरुले गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।रासस

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रात

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन

मकवानपुर – नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन भएकाे छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रवार (आज) प्रदेश सभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो । प्रदेश बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्...

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने : RajdhaniDaily.com -

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने: RajdhaniDaily.com | काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल–खनाल समूहका सांसदहरुसमेत -

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, खनाल-नेपाल समूह नजाने

न्यु अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा खनाल र नेपाल समूह सहभागि नहुने भएको छ । खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटी […]

एमाले संसदीय दल बैठकमा सहभागी हुन हिँडेको नेपाल समूह बाटोबाटै फर्कियो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जान हिँडेको ओली इतरका नेताहरू बाटोबाटै फर्केका छन्। सानेपास्थित हेरिटेज गार्डेन होटेलबाट बालुवाटार जाने निष्कर्षसहित सांसदहरू जाँदै गर्दा बाटोबाटै फिर्ता बोलाइएको सांसद दीपकप्रसाद भट्टले जानकारी दिए।  'बालुवाटार हिँडेका थियौँ, सिंहदरबार आसपास पुगेका हामी नजाने निर्णय भएपछि बाटोबाटै फर्कियौँ,' उनले भने।  यसअघि पनि यो समूहले प्रधानमन्त्री ओलीले आफूहरूको कार्

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो !

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएकाे थियाे ।सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शा...