काठमाडौं– सरकारले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत नभएमा सञ्चालनमा रोक लगाउने घोषणा गरेको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आगामी ३० दिनभित्र नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउने घोषणा गरेको हो । मन्त्रालयले अहिलेसम्म नेपालमा भाइबर, टीकटक र वीटक सूचीकरण भएर सञ्चालन भएको भन्दै अन्य सामाजिक […]
जनकपुरधाम – धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ । सीमा क्षेत्रमा तैना सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य बराबरका भारतीय सामान अवैध रूपमा जनकपुरधाम आसपासको बजारमा आउने गरेका छन् । तस्करहरूले साडी, रेडिमेड कपडा, सर्टिङसुटिङका कपडाबाहेक दैनिक उपभोग्य सामानहरू, स्टिलका भाँडावर्तन, मोटरसाइकलका पार्टपुर्जालगायतका सामान भारतीय बजारबाट दैनिक करोडौँ रुपैयाँ बराबरका सामानहरू अवैध रूपमा […]
काठमाडौं– राष्ट्रिय लोकतान्त्रिक अपांग संघका सात प्रदेश अध्यक्षहरूले संघको केन्द्रीय महाधिवेशनका सन्दर्भमा भएका टिकाटिप्पणी प्रति चिन्ता व्यक्त गरेका छन् । संघको निर्वाचनबाट माधव चापागाइँको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो । अध्यक्ष पदका आकांक्षी विकास थापा र कल्पना खड्काले आफू पराजित भए पछि विभिन्न आरोप लगाउँदै समानान्तर समिति घोषणा गरेका थिए । सात प्रदेश अध्यक्षले […]
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । ‘मन्त्रीज्यूबाट आर्थिक […]