काठमाडौँ । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधवार पहिलो सुनुवाइ गर्दै अदालतले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सोमबार काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो । […]