गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अभियान

कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले गत वर्ष कोरोनाको पहिलो चरण शुरु भएलगत्तै कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको यस अस्पतालमा ५० शय्या कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएको छ ।

सम्बन्धित सामग्री

संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट

कास्की । पोखराको लेखनाथमा गण्डकी प्रदेश सरकारले स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । उक्त अस्पतालमा सहज रूपमा अक्सिजनको आपूर्ति गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । अक्सिजन प्लान्ट स्थापनामा पुरी फाउण्डेसन बेल्जियमले समन्वय गरेको छ । प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधि वेदुराम भुसाल उपकरण र इन्जिनियरको टोलीसहित पोखरा आएका छन् । प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्विड अक्सिजन उत्पादन हुने बताइएको छ । गैरआवासीय नेपाली संघ बेल्जियम र अन्य विभिन्न संघसंस्थाको सहयोगमा करीब २ करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गरिने बताइएको छ । कोरोना महामारीका बेला साविकको लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रामक तथा सरुवा रोग अस्पतालका रूपमा विकास गरिएको थियो । उक्त अस्पतालमा हाल ७५ शøया छन् । कोरोना कहरका बीच अक्सिजनको अभाव हुन नदिन अस्पतालमा प्लान्ट स्थापनाका लागि सहयोग जुटाइएको पुरी फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पुरीले बताए । अस्पतालका निर्देशक डाक्टर विकास गौचनले फाउण्डेसनको पहलमा स्थापना हुने अक्सिजन प्लान्टले बिरामीको उपचारमा महŒवपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । फाउण्डेसनमार्फत अस्पतालमा प्लान्ट स्थापनाका लागि निरन्तर पहल गरेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले प्लान्ट स्थापनापछि कोभिड वा जुनसुकै रोगका बिरामीले अक्सिजनकै खोजीमा पोखराका अन्य अस्पताल चहार्न नपर्ने अपेक्षा गरे । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लेखनाथको अस्पतालमा अक्सिजन प्लान्ट बनेपछि त्यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने बताए । कार्गो विमानमार्फत नेपाल ल्याइएको प्लान्ट जडान गर्न एक साता लाग्ने फाउण्डेसनले बताएको छ ।

लेखनाथमा रहेको संक्रामक अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

पोखरा लेखनाथ स्थित रहेको गण्डकी प्रदेश सरकाले स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । प्रदेश सरकारले कोभिड–१९ का संक्रमितलाई सहजरुपमा उपचार गराउनका लागि स्थापना गरेको प्रदेशकै एकमात्र संक्रामक तथा सरुवा रोग अस्पतालमा सहज रुपमा अक्सिजनको आपूर्ति गर्ने उदेश्यले अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।कोरोना संक्रमितहरुका लागि सहजरुपमा अक्सिनज उपलब्ध गराउनका लागि पुरी फाउण्डेसन बेल्जियमको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट

लमजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

लमजुङ। जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ। जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन सुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए। अस्पतालमा १९ कोरोना सङ्क्रमित छन्। गण्डकी प्रदेश सरकारको ६३ लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो।