नेपाली जनप्रतिनिधि रोकेकोमा माफी मागियो

व्यास गाउँपालिका–१, तिङ्करस्थित चीनसँगको सीमा क्षेत्र छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटनको कार्यक्रममा गत साता सहभागी हुन गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फर्काइदिएकोमा माफी मागिएको छ । सशस्त्र प्रहरी बलले गत शुक्रबार दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ११२ किलोमिटर उत्तरतर्फ तिङ्करमा स्थापना गरिएको नयाँ बिओपी उद्घाटनका लागि स्थानीय जनप्रतिनिधिलाई आमन्त्रण गरेको थियो । त्यहाँ जान लागेका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी र विद्यार्थी नेता दीपक खातीलाई एसएसबीले तिङ्करबाट फर्काइएको थियो । सुरक्षाकर्मीहरूलाई भने जान दिइएको थियो ।

सम्बन्धित सामग्री

‘पर्यटनमन्त्रीले राजीनामा त दिँदैनन्, तर सार्वजनिक रूपमा माफी माग्नुपर्छ’

काठमाडौं : राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा शून्य समयमा राष्ट्रियसभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइन्।‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरु जनताका सेवक हुन्।

मतदातासँग माफी मागिसकेका भीम रावलले ‘सरी’ भन्दै किन लिए राजीनामा फिर्ता ?

साउन ३ गते राजीनामा दिएसँगै अछामस्थित आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधिसँग माफीसमेत मागिसकेका एमाले नेता भीम रावलले पुनः सभामुखलाई ‘सरी’ भन्दै शुक्रबार राजीनामा फिर्ता लिए । राजीनामा फिर्ताको निर्णयपछि रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा  फिर्ता लिएको बताएका छन् । ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्

गल्ती भएकाे हाे, माफी माग्छु : पुथा उत्तरगङ्गा गाउँपालिका ९ का वडाध्यक्ष

रुकुम पूर्व – पत्रकारमाथि हातपातको प्रयास गर्ने वडाध्यक्षले माफी माग्नुभएको छ । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले पत्रकारसँग माफी माग्नुभएको हो । रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्धय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि मङ्गलवार आफुले गरेको अभद्र र अमर्यादित व्यवहार स्वीकार गर्नु हुँदै उहाँले माफी माग्नुभएको पत्रकार बुढाथोकीले बताउनुभयो । जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा बुधवार  इलाका प्रहरी कार्यालय तकसेरामा ...