नवौं राष्ट्रिय खेलकुद लक्षित गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ । आफ्नै भूमिमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक खेलाडी तयार गर्न भने गण्डकीमा पर्याप्त प्रशिक्षक छैनन् । प्रतियोगितामा सामेल ३६ खेलमध्ये गण्डकीमा हाल ७ खेलका मात्रै मुख्य प्रशिक्षक छन् ।