अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै देशमा पुनः एकपटक तालिबान र अफगान सेनाबीच हिंस्रक संघर्ष भइरहेको छ ।
यस गृहयुद्धले अफगानिस्तान आफैंलाई मात्र नभई यस क्षेत्रलाई नै असर पार्ने भएकाले इरानपछि रुसले पनि यसलाई साम्य पार्ने प्रयास बढाएको छ ।
अफगान सरकार र तालिबानको एक प्रतिनिधिमण्डल मस्को पुगेको छ । त्यहाँ दुई पक्षबीच कुराकानी हुनेछ ।
भारतका विदेशमन्त्री एस जयशंकर पनि यसैबीच रुस पुगेका छन् ।
तालिबान नेताहरूले रुस पुगेर पुटिनलाई आफूहरू सत्तामा आएमा रुस तथा मध्य एसियाली मुलुक...