विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न उच्च अदालत सुर्खेतको आदेश

असोज ८, सुर्खेत । उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ ।  वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीवार सुनुवाइ गर्दै अदालतले समिति गठन गरी एक महीनाभित्र प्रतिवेदन पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो । रिट निवेदक भट्टले पूर्वसूचनाबिनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाइ छुटेको तथा विद्युत् अनियमित हुँदा आम नागरिकले दुःख पाएको जनाउँदै प्राधिकरणविरुद्ध रिट दायर गरेका थिए ।  न्यायाधीशद्वय राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले विद्युत् आपूर्ति सेवालाई नियमित, भरपर्दो र विश्वसनीय बनाउन कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्न आदेश दिएको हो ।  समितिमा प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय कर्णाली प्रदेश कार्यालयका प्रमुख, प्राधिकरणका प्राविधिक विज्ञ, वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि र नागरिक समाजका एक जनालाई सदस्य बनाउन भनिएको छ । आदेशमा भनिएको छ, ‘प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र हालको आपूर्ति, माग र वितरणको अवस्था, मागबमोजिम विद्युत्को नियमित आपूर्ति र वितरण हुन नसक्नुको समस्या र कारणहरु के–के हुन्, विद्युत् आपूर्ति र वितरणलाई नियमित, सहज, सरल र भरपर्दो तुल्याउन के–कस्ता भौतिक पूर्वाधार संरचनाको आवश्यकता पर्छ, हालको अवस्था कस्तो छ, पहिचान भएका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय समेटेर प्रतिवेदन पेश गर्नू’, आदेशमा समिति गठनका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन पनि भनिएको छ ।

सम्बन्धित सामग्री

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो ।मुख्य न्यायाधीश डाँगीले सोही आर्थिक वर्षमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा...

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो ।मुख्य न्यायाधीश डाँगीले सोही आर्थिक वर्षमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा...

उच्चका न्यायाधीश थपलियाको विषय गम्भीर देखियो: न्याय परिषद्

न्याय परिषद्ले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश नवराज थपलियाको विषयमा छानबिन भइरहेको बताएको छ।...

प्रधानाध्यापक नियुक्ति नगर्न उच्च अदालतको आदेश

जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश गरेको छ।...

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा ‘भर्चुअल’ बकपत्र सेवा

जुम्ला- उच्च अदालत सुर्खेतको जुम्ला इजलासले अब ‘भर्चुअल’ माध्यमबाट बकपत्र सेवा सुरु गर्ने भएको छ । यही असोज महिनादेखि न्यायिक प्रक्रिया सम्पादनमा प्रविधिलाई कार्यान्वयमा ल्याएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले जानकारी दिए । उनले प्रविधिमैत्री सेवाअन्तर्गत अनलाइन÷म्यासेजबाट तारेख र जुममार्फत बकपत्रको व्यवस्था गरिएको बताए । जिल्लास्थित पत्रकारसँग भेटघाट कार्यक्रममा मुख्य न्यायाधीश […]

जुम्ला उच्च अदालतमा जिल्ला बाहिरका सबै काम भर्चुअल

जुम्ला : मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ।ती जिल्लाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालत पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रूपमा बहस, वकपत्र र तारेख लिन पाउनेछन्।हुम्लाबाट जुम्ला आउँदा एक हप्ता लाग्ने गुनासो आएपछि प्रविधिमैत्री न्यायसम्पादन शुरु गरिएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिष्टार यामप्रसाद बास्कोटाले बताए। उनले भने, ‘नियमित वकपत्र गर्न, बहस गर्न, तारिख

उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट

जुम्ला– चालु आर्थिक वर्षको आठ महिनायता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले दिएको जानकारी अनुसार दुई सय ३० मुद्दामध्ये चालु आवको चैत २७ गतेसम्म ८६ मुद्दा फछ्र्र्यौट भएको जानकारी दिए।  जिल्लास्थित पत्रकारसँग भेटघाट कार्यक्रममा आज मुख्य न्यायाधीश गौतमले अदालतमा […]

उच्च अदालत सुर्खेत :  ६४.८४ प्रतिशत मुद्दा फछ्र्योट

उच्च अदालत सुर्खेतमा दर्ता भएका मुद्दामध्ये अधिकांश मुद्दाहरु फछ्र्योट गरिएको अदालतले जनाएको छ।  कोरोना भाइरस (कोभिड–१९) को यो समयमा पनि गत आवका ६४.८४ प्रतिशत मुद्दाहरु फछ्र्योट भएको हो ।  गत आवमा र अघिल्ला दुई आर्थिक बर्षका फछ्र्योट हुन बाँकी ७३३ थान मुद्दामध्ये ४६८ अर्थात् ६३.८४ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् भने २६५ थान मुद्दा बाँकी रहेका छन् । अदालतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २७२ थान मुद्दा फछ्र्योट हुन बाँकी थिए । ०७७/०७८ मा ३९१ थान मुद्दा जम्मा भएका थिए ।&

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले बन्दीप्रत्यक्षीकरण निवेदनउपर सुनुवाइ गर्ने

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले बन्दीप्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदनउपर सुनुवाइ गर्ने