आर्थिक नीतिहरूमध्ये मुख्य नीति हो, बजेट । यसले समग्र अर्थतन्त्रलाई लयमा राख्न आवश्यक नीतिमार्फत सरकारको आय र खर्चको खाका बनाउँछ । बजेटमा लक्षित उद्देश्य प्राप्तिमा सहयोगी भूमिका खेल्ने भने मौद्रिक नीति हो । तर पछिल्ला वर्षमा वित्तीय नीति (बजेट) मा भन्दा मौद्रिक नीतिप्रति जनअपेक्षा बढी देखिन थालेको छ ।