बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नका लागि समयमै प्रयाप्त तयारी गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले यस वर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।