नेपालसँगै योजनाबद्ध विकास अभियानमा लागेका दक्षिण कोरिया, सिंगापुर, मलेसिया विकसित अर्थतन्त्र बनिसके, छिमेकी मुलुक चीन तथा भारत एसियाका उदीयमान बाघ अर्थतन्त्र बन्ने यात्रामा छन् । यसले नेपालको योजना पद्धतिमा नै पुुनरावलोकन गर्नुपर्ने स्थितितर्फ संकेत गरेको छ । सबै मुलुक विकास र प्रगतिको आआफ्नै अभीष्टमा हुन्छन् । नेपालले योजनाबद्ध विकासको अभ्यास गरेको ६५ वर्ष नाघेको छ […]