अक्सिमिटरको कालोबजारी गर्ने एक जना पक्राउ

धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् ।सिरहाको शुखिपुर नगरपालिका घर भएका शाहले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर संचालन गरेका छन् । १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले रातोपाटीलाई बताए ।प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरे

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।