कबाड संकलनको आडमा प्रतिबन्धित जडीबुटीको कारोबार

कबाडको आडमा जडीबुटीको अवैध कारोबार हुँदै आएको पाइएको छ । जडीबुटीका तस्करहरु कबाड संकलन र निकासीको आडमा नेपालबाट बहुमूल्य जडीबुटी भारततर्फ लैजान सक्रिय रहँदै आएको तथ्य प्रकाशमा आएको हो ।सोमबार डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको हो । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका–७, भुजहवाँस्थित एक कबाड पसलबाट ठुलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउजस्तो जडीबुटी बरामद गरेको हो ।भुजहवाँ गाउँस्थित साई टे«ड