अमेरिकाले अफगानिस्तानमा रहेको आफ्नो दूतावासका सबै कर्मचारीहरुलाई काबुलस्थित हामिद कारजाइ विमानस्थलको परिसरमा सारेको पुष्टि गरेको छ। अमेरिकाको विदेश मन्त्रालयले दूतावासका सबै कर्मचारी विमानस्थलमा ल्याइएको उल्लेख गरेको हो। अमेरिकाले आफ्ना नागरिक, कर्मचारीहरुलाई अफगानिस्तानबाट बाहिर लगिरहेको छ। उद्धार तथा फिर्ती अभियानलाई सहयोग गर्न झण्डै ६ हजार सैनिक पठाएको छ। अमेरिकी सैनिकले विमानस्थलमा घेराउ गरेका छन्।