काठमाडौं । नयाँ मोबाइल सेट खरिद गर्ने योजना बनाउनुभएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भए/नभएको यकिन गरेर मात्रै खरिद गर्नुहोला । किनभने, साउन १ गतेदेखि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् ।
सरकारले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरूत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका...