काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । बुधवारकाे कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो ।प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको मोबाइल नचलाउन आग्रह गर्नुभयो । अहिले मिडियामा आए जस्तो:- विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा व...