ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै - कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनुभएको हो । उहाँले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताउनुभएको छ । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिक...

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला

भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित महिला रहेको र उनी फेब्रु...

ओमिक्रोन भेरियन्टलाई सामान्य रूपमा नलिन डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गर्नु भएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्नुभएको हो । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उहाँको भनाइ छ । गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड ...

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

ओमिक्रोनलाई कमजोर नआँक्न विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ । सङक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो । पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए । तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिस सङ्क्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताउनुभएको छ । साथै डा. टेड्रोसले गरिब देशमा खोप पुर्‍याउन यसको समुचित ...

'ओमिक्रोन' भेरियन्ट विश्वका सबैजसो देशमा पुगेको हुन सक्छ - डब्ल्यूएचओ प्रमुख

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने बताएको छ । अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।ओमिक्रोन निकै उत्परिवर्तित भेरियन्ट भएकाले तीव्र गतिमा फैलिरहेको र अरू धेरै देशमा पनि पुगेकाे हुन सक्ने डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । उहाँले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको भन्दै उहाँले...

ओमिक्रोन भेरियन्ट फैलिएसँगै खोपमा फेरि असमानता बढ्ने आशङ्का

काठमाण्डाै -  दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वकै सबैभन्दा धेरै रहेको पाइएको छ । विश्वका कुल सङ्क्रमितमध्ये दक्षिण अफ्रिकामा मात्रै ४६ प्रतिशत रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । दक्षिण अफ्रिकामा पछिल्लो सात दिनमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण २२५ प्रतिशतले बढेको छ । तर, सङ्क्रमण फैलिँदै गए पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या भने ६ प्रतिशत मात्रै रहेको सङ्गठनले जनाएको छ । ओमिक्रोन भेरियन्ट देखिएकामध्ये ६ प्रतिशत मात्रै आईसीयूमा भर्ना भएका छन् । विश्व स्वास्थ्य सङ्गठनको...

'ओमिक्रोन' भेरियन्ट : उच्च सतर्कता अपनाउन नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ । नेपालमा महामारी कम हुँदै जानु राम्रो भए पनि सीमित स्रोत–स...

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियाे : डब्ल्यूएचओ

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ। नयाँ भेरियन्टलाई डब्ल्यूएचओले 'ओमिक्रोन' नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई सम्बन्धविच्छेद गरेका छन् । डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमण...