काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने बताएको छ । अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।ओमिक्रोन निकै उत्परिवर्तित भेरियन्ट भएकाले तीव्र गतिमा फैलिरहेको र अरू धेरै देशमा पनि पुगेकाे हुन सक्ने डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । उहाँले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको भन्दै उहाँले...