जुम्ला – जुम्लाका स्याउ किसान रतनबहादुर भण्डारी यतिबेला आफ्नो बगैँचाको स्याउ टिप्ने चटारोमा हुनुहुन्छ । उहाँलाई स्याउ कसरी सुरक्षित टिप्ने भन्ने विषयमा चिन्ता बढिरहेको छ । चन्दननाथ–२ का रतन भण्डारीले परिपक्व स्याउ बजारमा लैजानको लागि भदौ ११ गतेबाट स्याउ टिप्न लाग्नु भएको हो ।
भण्डारीको बगैँचामा स्याउ लटरम्म फलेर राताम्मे भएको छ । छिमेकीको समेत सहयोगमा यतिबेला भण्डारीमात्र नभएर छोरी , श्रीमती, बहिनीलगायतलाई स्याउ टिप्न सहित चटारो छ । भण्डारीको घर भन्दा १५ मिनेट माथिको दूरीमा रोपिएका चार सय ६५ स्याउका विर...