काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सिप्रदीका ग्राहकलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी उच्च अधिकारी उपस्थिति थिए । बैंकले हाल ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर र १२२ एटीएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।