डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।यता एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको थियो । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।एरिक्सानलाई अस्पताल पुर्याएपछि अहिले दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको यसबारे थप जानकारी दिइने यूईएफएको भनाइ छ ।F