रुपन्देहीः प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामकरण सिफारिसका लागि गठित संसदीय समितिले तीन महिनासम्म राजधानी र नामकरणमा कुनै निर्णय लिन सकेको छैन। स्पष्ट निर्णय गर्न नसक्दा संसदीय समिति तीन महिनासम्म सामान्य छलफलमै सीमित भएको छ। साउन २४ गते तीन महिनाभित्र राजधानी र नामकरण सिफारिस गर्नेगरि समिति गठन भएको