प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्रीको नियुक्ति नै अवैध भएको भन्दै बदर गर्न माग गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा बसेको विपक्षमा रहेका पाँच राजनीतिक दलको बैठकले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति संविधान विपरित भएको भन्दै बदर गर्नुपर्ने निर्णय गरेका हुन् ।
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभामा औपचारिकता पाउन्जेलसम्म सरकार दाबी गर्न हतार नगर्ने जनाएको हो ।