एजेन्सी। इटालियन सुपरकार निर्माता कम्पनी ल्याम्बोर्गिनीले यो दशकको अन्त्यसम्ममा इलेक्ट्रिक कारको मात्र उत्पादन गर्ने घोषणा गरेको छ। पूर्णइलेक्ट्रिक कार कम्पनीमा रूपान्तरण कार्यक्रम प्रस्तुत गर्दै जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनको स्वामित्वमा रहेको ल्याम्बोर्गिनीले इटालीको कार उत्पादन क्षेत्र सन्तुअगाटा बोलोग्नेसको कार्बन उत्सर्जन न्यूनिकरणको लागि कार्ययोजना पनि सार्वजनिक गरेको हो। कम्पनीको कार उत्पादनको मुख्यालय इटालीको सन्तुअगाटा बोलोग्नेसमा रहेको छ।