जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी १ हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।
विराटनगर महानगरपालिका–१४ स्थित जिल्ला पार्टी कार्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए ।
अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँ...