काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीहरुलाई संसद्मा बोल्न दिने समयबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्। संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब दुई घण्टा सम्बोधन गरेकोप्रति लक्षित गर्दै उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरुलाई जति मन लाग्यो, त्यति समय बोल्न पाउने व्यवस्था गर्न नहुने बताए। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले […]