राष्ट्रिय समाचार समिति (रासस) र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको पर्वतारोहण क्षेत्रको प्रचारप्रसार गरी विश्व समुदायमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुसार दुई संस्थाबीच समझदारी भएको हो । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच राससका महाप्रबन्धक सिद्धराज राई र एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । आगामी साउनदेखि लागू हुने …