काठमाडौं । खल्ती डिजिटल वालेटले टिकटक भिडियो बनाई ५ हजार जित्ने योजना ल्याएको छ । खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई ५ हजार जित्न सकिने टिकटक च्यालेञ्ज प्रतियोगिता सार्वजनिक भएको हो । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको जनाएको छ । यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोलाई ५ हजारका दरले पुरस्कृत गरिने खल्तीले जनाएको छ ।यस च्यालेञ्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो