पर्वत । नेपाली कांग्रेस पर्वतले कोभिड अस्पताल बनाउन पार्टी कार्यालय उपलब्ध गराएको छ । जिल्लामा संक्रमण बढ्दै गएकाले संक्रमितको उपचार र व्यवस्थापनका लागि पार्टी कार्यालय कोभिड अस्पताल बनाउन उपलब्ध गराइएको नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए । करीब साढे २ करोड रुपैयाँ लागतमा बनेको उक्त भवनमा १०० बेडसम्मको अस्पताल सञ्चालन गर्न सकिने बताइएको छ ।
आइतवार जिल्ला कार्यसमितिको बैठक बसेर नवनिर्मित भवन कोभिड अस्पताल सञ्चालनका लागि उपलब्ध गराउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई लिखित पसहित कोभिड अस्पताल बनाउन पार्टी कार्यालय दिने निर्णय भएको जानकारी दिए ।
कोभिड अस्पताल बनाउन आवश्यक पर्ने सामग्री, खाद्यान्न र आवास व्यवस्थापनका लागि समेत कांग्रेसले सहयोग गर्न सक्ने पत्रमा उल्लेख छ । अहिले देश अप्ठ्यारो मोडमा रहेको र जनतालाई सास्ती भइरहेका बेला पार्टी भवन अस्पताल बनाउन दिइएको जोशीले बताए ।
गतवर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड विशेष अस्पताल विस्थापित भएपछि कुश्मामा अस्पतालको अभाव भएको थियो । पर्वत अस्पतालमा अस्थायी अस्पताल बनाउने प्रक्रिया पनि अगाडि बढेको छ ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले पार्टी कार्यालय कोभिड अस्पतालका रूपमा प्रयोग गर्न दिनु सकारात्मक निर्णय भएको बताइन् । आवश्यकतानुसार भवन प्रयोग गरिने उनको भनाइ छ । गतवर्ष गुप्तेश्वर क्याम्पसको भवनलाई अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो । २ साताअघिसम्म क्याम्पसमा नियमित अध्यापन भइरहेको र त्यहाँ रहेका अस्पतालका संरचना अन्यत्र हटाइएकाले क्याम्पस प्रशासनले अस्पतालको रूपमा प्रयोग गर्न तत्काल नमिल्ने बताएको छ ।
ठेक्का लिएर सम्पन्न नगर्ने, अग्रिम पेश्की रकम लिएर दुरूपयोग गर्ने, काम लथालिङ्ग छाडी जनतालाई सास्ती दिने र फेरि ठेक्का थप्दै जाने प्रवृत्ति नेपाली निर्माण व्यवसायीहरूमा मौलाउँदै गएको रोग हो साथै सरकारले तोड्न नसकेको माखे साङ्लो हो। यसबाट नेपालको निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ भने यसैको आडमा सम्हाल्नै गाह्रो हुने गरी विकृति पनि मौलाएको छ । फलस्वरुप, ठेक्का व्यवस्थापन करारका शर्तहरूको आधारमा गर्ने स्थितिभन्दा बाहिर पुगेको र निर्माण व्यवसायीहरूलाई कारवाहीको दायरामा ल्याउने भनी राज्यका संय