पर्सा : जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब दुई करोड रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ। प्रहरीले औषधि, लत्ताकपडालगायत सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको हो। वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा.५ख ८६५८ र लु.२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट ना.४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रक नियन्त्रणमा लिएर चालकलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको प्रहरी उपरीक्ष