नेकपा एमाले माधव नेपाल पक्षका युवा नेता ठाकुर गैरे अहिलेसम्म पार्टी एकताको सम्भावना पूरै टरिनसकेको बताउँछन् । अदालतको भर पर्नेतिर नलागी ०७५ जेठ २ मा फर्कने हो भने एकताको आधार तयार हुने उनी बताउँछन् ।नेकपा एमालेभित्र चलिरहेको एकताको प्रयास र वार्ताहरुबारे के कस्तो प्रगति भइरहेको छ भन्नेबारे रातोपाटीले एमालेका युवा नेता गैरेसँग संक्षिप्त कुराकानी गरेको छ ।प्रस्तुत छ, माधव नेपाल पक्षका नेता गैरेसँगको कुराकानी– एमालेमा एकताका लागि भन्दै नेताहरुबीच वार्ता र छलफल भएका खबरहरु सार्वजनिक भइरह