अर्थमन्त्रीलाई संसद बैठकमा उपस्थित हुन सभामुखको निर्देशन, अन्य मन्त्रीलाई नोट टिप्न निर्देशन

सभामुख अग्नि प्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई संसद बैठकमा उपस्थित हुन् निर्देशन दिएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सभामुखलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्। छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा अर्थमन्त्री नै उपस्थित नभई छलफल चल्न नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। भट्टराईले अर्थमन्त्री आफै उपस्थित नभएको र अन्य मन्त्रीले पनि डायरीमा सांसदहरुले राखेको विषयबारे टिपोट नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।त्यसपछि सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् । त्यस्तै उनले अन्य उपस्थित भएका मन्त्रीहरुलाई सांसद हरुले राखेका विषय नोट गर्न रिपोर्टिंग गर्न निर्देशन दिएका हुन् ।बैठकमा  हिजो बुधबारदेखि विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको हो । जेठ १५ गते संसदमा बजेट प्रस्तुत हुने छ ।

सम्बन्धित सामग्री

समितिको काम प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ । बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो । उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि […]

रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । सभामुख सापकोटाले सम्भाव्य सबै उपाय अबलम्वन गरी मल ल्याउने कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएका हुन् । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका […]

अछामका घटनामा दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

२५ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको विशेष समयमा […]

पुस्तक तत्काल उपलब्ध गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यानकर्षण गराएका थिए ।सांसदहरुले नै पटक पटक सो विषयमा चासो राख्दै प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्राल

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए । सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर […] The post अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन  जेठ ६ , काठमाडौं । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।‘

यौनहिंसासम्बन्धी घटना तत्काल छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाको घटनालाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवार प्रतिनिधि सभामा कांग्रेसका महामन्त्री गगन थापाले हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न र यौनहिंसाका आरोपीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए। सामाजिक सञ्जालमा बुधवार भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै एक…

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन

काठमाडौं, ५ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । […]

अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।         प्रतिनिधि सभाको सोमवारको बैठकको सुरूआतमै समय लिएर नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले निर्देशन दिए ।        सभामुख सापकोटाले भने, ‘माननीयज्यूले उठाउनुभएकोे विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण ...

मातृकाले ओलीविरुद्ध प्रयोग गरेका शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रका सांसद मातृका यादवले प्रयोग गरेका असंसदीय शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले शुक्रबारको बैठकको सुरुमै अवरोध गरेपछि सभामुख सापकोटाले बिहीबार विशेष समयमा यादवले बोल्ने क्रममा प्रयोग गरेका संसद नियमावली प्रतिकुल हुने शब्दहरू हटाउन निर्देशन दिएका हुन्।‘माननीय मातृका यादवले संसदको हिजोको विशेष समयमा बोल्ने क्र